नेपाली अनुवाद : अनुवाद : किशन पौडेल
“अहिले हामी जहाँबाट हिँडिरहेका छौँ, त्यहाँ कुनै समय नदी थियो ।”
“साँच्चै?”
“र यो बाटो जुन ठुलो मरुभूमिमा गएर मिल्छ के तिमिलाई थाहा छ त्यो के थियो?”
“के?”
“समुद्र।”
“ओ……!”
“त्यति बेला हामी साइबेरियाबाट यहाँ आउने गरेका थियौं । नदीको किनारै किनार धेरै टाढा सम्म हामी हिँडेर जान्थ्यौ नजिकैका खेत र जङ्गलमा हामीले रात बिताउने गरेका थियौं…”
“यहाँ खेत र जङ्गल पनि थियो !!!”
“यहाँ धेरै कुराहरू थिए जुन अब छैन। यो दृश्यलाई आफ्नो आँखा भित्र राख; अर्को पटकको लागि ।… अर्को पटक आउँदा औँलामा-औँला जोडेर यसरी घुम्न पाउने छैनौँ । विषाक्त रसायनहरूले पृथ्वीको सतहलाई नै अवशोषित गरिसकेको हुनेछ।”
“त्यसो भए?”
“मानिस, जनावर सबै अन्तरिक्षको सहरमा बसेका हुनेछन् एउटा सानो क्याप्सुलमा बन्द भएर तिनीहरू एक्लै पौडनेछन्। पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने बित्तिकै शरीर पग्लने छ ।”
“ओहो !”
“सुन प्रिय! यदि मान्छेले नदी खोलाहरूलाई मुहानबाट स्वतन्त्र रूपमा उन्मुक्त भएर बग्न दिएनन् भने यो सागर पनि एक दिन सुक्ने छ ।
सोच त ! समुन्द्र पनि कसको लागि बाँच्ने हो? उ बाँच्न सकेन भने आकाश पनि बादलबाट वञ्चित हुनेछ। विषालु हावाले धर्तीलाई ढाक्ने छ। नदी र खोलाहरूलाई मुहानबाट नै बचाउनु पर्छ। यदि यो पृथ्वीलाई जैविक युद्धबाट जोगाउने हो भने।”
°°